बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सात जना उम्मेदवार,कस्तो थियो मत परिणाम ?
कपन अनलाइन
काठमाडौं, फागुन १४ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्ष पदका लागि सात जनाले उम्मेदवारी दिएका थिए।
निर्वाचन आयोगको मत परिणाम अनुसार वडा नं १० को अध्यक्षमा नेकपा एमालेका नवराज भट्टराई २४१० मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल्ली प्रसाद डोटेलले १०३३ मत प्राप्त गरेका थिए।
त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रका कुमार प्रसाद खरेलले ४४१ र राप्रपाका आइते लामाले २९० मत प्राप्त गरेका थिए।
यसैगरी नेकपा संयुक्तका कृष्ण बहादुर नेपालीले १० मत प्राप्त गरेको सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार अच्युत देउजाले १०० र नयाँ शक्ति पार्टी नेपालका सत्य नारायण अधिकारीले १२२ मत प्राप्त गरेका थिए।
तपाइँको प्रतिक्रिया ।