शंखरापुर नगरपालिका भित्र संचालित खानी, वासिङ र जग्गा प्लानिङ्गको अनुगमन

कपन अनलाइन

काठमाण्डौ,फागुन ४ ।

शंखरापुर नगरपालिका भित्र संचालित खानी, वासिङ र जग्गा प्लानिङ्गको  अनुगमन गरिएको  छ।

शंखरापुर नगरपालिका भित्र खानीको लागि उत्खनन, वासिङ संचालन र केही समय यता तीब्र गतिमा बढेको जग्गा सम्याउने नाममा भइरहेको प्लानिङ्गका कारण निम्तिन सक्ने प्राकृतिक विपत्ति प्रति जनगुनासो बढेपछि नगरपालिकाले अनुगमन गरेको हो।

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको नेतृत्वमा भएको अनुगमन कार्यमा उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, इलाका प्रशासन कार्यालय साँखुका प्रमुख राजकुमार राई, महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका देबी खरेल, राप्रपाका शंखरापुर नगर अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेकपा एमाले शंखरापुर नगरपालिका कमिटीका उपाध्यक्ष नबराज दाहाल, नेपाली कांग्रेसका शंखरापुर नगर  कार्य समिति उपसभापतिद्वय मिलन खड्का र अमृत प्रधान, नगर प्रवक्ता एबम् वडा नं ८ का वडा अध्यक्ष हितमान तामाङ सहित नगरपालिकाका इन्जिनियर मिलन फुयाँल अनमिन सुनिता श्रेष्ठ र नगर प्रहरीका सहायक प्रहरी निरीक्षक विकास श्रेष्ठको सहभागिता रहेको थियो।

जग्गा सम्याउने र उत्खनन् कार्य हाल नगरपालिकाले पुर्ण रुपमा बन्द गरेपनि चोरी छिपी रातको समयमा पनि कार्य भैरहेको जानकारी प्राप्त भएकोले अनुगमन गरेको शंखरापुर नगरपालिकका मेयर सुबर्ण श्रेष्ठले बताएका छन । अन्य स्थानको पनि अनुगमन गरे पछि दलहरुले दिएको सुझाव बमोजिम थप कदम चालिने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।