बुढानिलकण्ठ नगर प्रमुख : को को छन नेकपा (एकीकृत समाजवादी) का संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ४।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) मा पनि आसन्न स्थानीय तहको निर्वाचन र भावी उम्मेदवारहरुका वारेमा छलफल र चर्चा शुरु भरेको छ।
बुढानिलकण्ठ नगरपालिकामा दुई वडा अध्यक्ष सहित ८ जना जनप्रतिनिधि रहेको सो पार्टीका तर्फबाट पनि नगर प्रमुख पदका सम्भावित उम्मेदवारहरुका वारेमा यहाँ चर्चा गरिएको छ।
१. कुसुम कुमार कार्की
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख रेसबाट अन्तिम समयमा आउट भएका काठमाण्डौ क्षेत्र नं ४ (२) का प्रदेस सभा सदस्य कार्की गठबन्धन भएर नेकपा एसले नगर प्रमुख आएको अवस्थामा प्रमुख दावेदार हुन् सक्ने अनुमान गरिएको छ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका कार्कीले गठबन्धन नभएको अवस्थामा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिन सक्ने सम्भावना रहेको अनुमान पनि गर्न थालिएको छ।
२. बालकृष्ण श्रेष्ठ
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ पनि नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नगर प्रमूख पदको प्रवल दावेदारका रुपमा देखिएका छन।
साविक विष्णु बुढानिलकण्ठ गाविसका अध्यक्ष रहिसकेका श्रेष्ठ नेकपा एसको बागमती प्रदेस कमिटी सदस्य रहेका छन।नगरपालिकामा पार्टीको नेतृत्व गरिरहेका श्रेष्ठलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ।
३. धुर्बराज न्यौपाने
नेकपा (एकीकृत समाजवादी) काठमाण्डौ जिल्ला कमिटीका उपसचिव तथा काठमाण्डौ क्षेत्र नं ४ का अध्यक्ष धुर्वराज न्यौपाने नगर प्रमुख पदका प्रवल दावेदारका रुपमा रहेका छन।
जिल्ला खेकुद विकास समिती काठमाण्डौको अध्यक्ष रहेर काम गरिसकेका न्यौपाने यसअघि नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को सचिव तथा साविक कपन गाउँ कमिटीमा तिन कार्यकाल प्रमुख रहेका थिए।
४. पुरुषोत्तम नेपाल
बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक लेखा समितीका संयोजक पुरुषोत्तम नेपाललाई पनि नगर प्रमुख पदको संभावित दावेदारका रुपमा हेरिएको छ।
वडा नं १२ का सदस्य तथा क्षेत्रीय सचिव समेत रहेका नेपाल यस अघि नेकपा एमाले कपन गाउँकमिटीको उपसचिव तथा लामो समय शाखा कमिटीको अध्यक्ष रहेका थिए।
५.हरिराम ढुंगाना
नेकपा (एकीकृत समाजवादी) बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष हरिराम ढुंगाना पनि नगर प्रमुख पदको संभावित दावेदार हुन।
विशेष परिस्थितिमा नेतृत्व लिनुपर्दा लिने अन्यथा अरुलाई नै अगाडी बढाउने बताउदै आएका ढुंगाना यस अघि नेकपा एमाले कपन गाउँ कमिटीको सचिव तथा लामो समय वडा नं ११ शाखा कमिटीको अध्यक्ष रहेका थिए।
६.कुमार ओझा
नेकपा (एकीकृत समाजवादी) का रास्ट्रिय प्रतिनिधि परिषद सदस्य कुमार ओझा पनि नगर प्रमुख पदको दावेदार हुन् सक्ने देखिएको छ।
वडा नं १० मा रहेको कपन बहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका ओझा खेलकुद महासंघ र पेशागत क्षेत्रमा लामो समय देखि सक्रिय रहेका छन। ओझालाई विशेष परिस्थिति पर्दा अगाडी सार्न सक्ने गरी रिजर्भमा राखिएको नेकपा (एकीकृत समाजवादी) निकट श्रोतले जानकारी दिएको छ।
७. प्रमिला सापकोटा
नेकपा (एकीकृत समाजवादी) बुढानिलकण्ठमा सक्रिय रहेकी नेतृ प्रमिला सापकोटा पनि नगर प्रमुख पदको सम्भावित उम्मेदवारका रुपमा रहेकी छन।
नेकपा एमालेको साविक महांकाल गाउँकमिटीको अध्यक्षका रुपमा काम गरिसकेकी सापकोटालाई पनि यस पटकको निर्वाचनमा नगर प्रमुख पदको शशक्त दावेदारका रुपमा हेरिएको छ।