राष्ट्रिय युवा संघ नेपाल खनियाबास गाउँपालिका कमिटी गठन , को को बने ?
कपन अनलाइन
धादिङ ,फागुन २/सुवाष तामाङ
राष्ट्रिय युवा संघ नेपाल खनियाबास गाउँपालिकाको प्रथम अधिवेशनबाट धनु तामाङ सर्वसम्मत अध्यक्षमा चएन भएका छन ।
आइतबार सम्पन्न अधिवेसनबाट कमिटीको उपाध्यक्षमा उत्तम तामाङ, सचिवमा प्रकाश तामाङ, सह–सचिवमा साजन पौडेल र राम बहादुर तामाङ, कोषाध्यक्षमा सन्चिता गुरुङ सहित ४३ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।
नव गठीत कमिटीका अध्यक्ष धुनु तामाङले आगामी दिनमा युवा संघ नेपालले सबै युवा साथीहरुलाइ आफ्नो संगठनमा संगठीत गर्दै नेकपा एमालेको विचार, सिद्धान्त र कार्यक्रमलाइ समुदाय स्तरमा पुर्याउने जनाएको छ । यसका साथै आसन्न स्थानीय निर्वाचनमा पार्टीलाइ जिताउने योजना र कार्यक्रम सहित अघि बढ्ने बताएको छ ।
पछिल्लो समय पार्टी र युवा संघ केन्द्रिय कमिटीको निर्णय अनुसार युवा संघ धादिङले जिल्लाको सबै स्थानीय तहहरुको पालिका स्तरीय अधिवेशनहरु गरिरहेका छन् । युवा संघका नेता वीर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य मंगबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
साथै नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं युवा संघ धादिङका नेता इमान तामाङको विशेष आतिथ्यता थियो । कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य खुपी कुमारी तामाङ, खनियाबास गाउँपालिका कमिटीका अध्यक्ष पन्थ तामाङ, सचिव रविन तामाङ र हरिसिंङ गुरुङको आतिथ्यता रहेको थियो । खनियाबास गाउँपालिका वडा नम्बर ४ दार्खामा सम्पन्न भएको अधिवेशनमा १ सय ५० जना भन्दा बढि युवाहरुको उपस्थिति रहेको थियो ।