गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा स्व.गोपाल श्रेष्ठको स्मृतिमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको चौथो दिनको खेलहरु सम्पन्न

गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा स्व.गोपाल श्रेष्ठको स्मृतिमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको चौथो दिनको खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौं फाल्गुन १। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)ले स्वर्गीय गोपाल श्रेष्ठको स्मृतिमा  आयोजित  गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको चौथो  दिनका खेलहरु सम्पन्न भएको छ  ।  आज भएको चौथो  दिनको पहिलो खेल राजकुमार श्रेष्ठ र राजेश गुरुङको जोडी संग बिक्रम श्रेष्ठ र हरि शरण श्रेष्ठको जोडी बीच भएको थियो  ।

निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बिक्रम श्रेष्ठ र हरि शरण श्रेष्ठको जोडीले राजकुमार श्रेष्ठ र राजेश गुरुङको जोडीलाइ १८-२१, २१-१५ र २१-१२ अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।त्यसै गरि आजै भएको अर्को खेल रामहरि श्रेष्ठ र नवराज  श्रेष्ठको जोडी संग मोहन कृष्ण श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडी बीच भएको थियो।

निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा रामहरि श्रेष्ठ र नवराज  श्रेष्ठको जोडीले मोहन कृष्ण श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीलाइ २२- २०, २२ -२० अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।प्रतियोगिताको शनिबार तेस्रो दिनको खेलहरु सम्पन्न भएका थिए ।शनिबार भएको तेस्रो दिनको पहिलो खेल  रामजी श्रेष्ठ र मोहन श्रेष्ठको जोडी संग हरिशरण श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडी बीच भएको थियो।

निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा हरिशरण श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीले रामजी श्रेष्ठ र मोहन श्रेष्ठको जोडीलाई २१-१८ र २१-१७ अनको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको थियो ।शनिबारनै भएको अर्को खेल बालकृष्ण  श्रेष्ठ र  राज कुमार श्रेष्ठको जोडी संग  श्याम श्रेष्ठ  र मधु कुमार श्रेष्ठको जोडी बीच भएको थियो ।प्रतिस्पर्धात्मक बनेको सो खेलमा श्याम श्रेष्ठ  र मधु कुमार श्रेष्ठको जोडीले बालकृष्ण  श्रेष्ठ र  राज कुमार श्रेष्ठको जोडीलाइ २१- १३ र २१-१०को फराकिलो  अंकका साथ सोझो सेटमा पराजित गर्दै  अर्को चरणमा प्रवेश गरेको थियो ।

 नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो। उनकै सम्झनामा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने उदेश्यका साथ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा संचालित उक्त प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ। फाल्गुन ७  गते सम्म चल्ने सो प्रतियोगितामा  प्रथम दितीय र तृतीय  हुने खेलाडीले नगद पुरस्कार सहित ट्रफी मेडल र  प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।