चुनाव चर्चा : स्थानीय तहका अधिकांश जनप्रतिनिहरु दोहोरिन चाहान्छन ….
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।
सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहंदा जनप्रतिनिधिहरुको वारेमा पनि चर्चा सुरु भएको छ। २०७४ साल बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय निर्वाचन भएको ४ वर्ष ९ महिना केहि दिन पुरा भैसकेको अवस्थामा आसन्न निर्वाचन र त्यसका उम्मेदवारहरुको वारेमा पनि राजनीतिक दलमा आन्तरिक छलफल र बहस सुरु भैसकेको छ।
जुन सुकै समय पनि निर्वाचन घोषणा हुन् सक्ने अहिलेको अवस्थामा कपन अनलाइनको चुनाव चर्चा शृंखला अन्तर्गत गरिएको गोप्य सर्वेक्षणमा पहिलो स्थानीय तहमा निर्वाचित भएका अधिकांश जनप्रतिनिधिहरुले पुन उम्मेदवार बन्ने इच्छा जाहेर गरेका छन।
काठमाण्डौ जिल्लाका विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई कपन अनलाइनले गरेको के आगामी निर्वाचनमा तपाई उम्मेदवार बन्न चाहानुहुन्छ ? भन्ने प्रश्नमा अधिकांश जनप्रतिनिधिहरुले पार्टी र जनताले विस्वास गरेका पुन निर्वाचन लडन तयार रहेको बताएका छन।
काठमाण्डौ जिल्लाका तिन नगरपालिकाका २० प्रतिसत जनप्रतिनिधिमा गरिएको सर्वेक्षणमा प्रचण्ड बहुमत जनप्रतिनिधिहरुले पहिलो कार्यकालमा गरेको कामलाई पूर्णता दिन दोहोरिनु पर्ने बताएका थिए भने केहि जनप्रतिनिधिहरुले मात्र पुन टिकट पाए पनि ठिक नपाए पनि ठिक भन्दै कुटनीतिक जवाफ दिएका थिए।
ति जनप्रतिनिधिहरुलाई गत निर्वाचनको घोषणा पत्र र बाचाहरु सम्झाउदै हामीले गरेको सोचेजति काम गर्नु सक्नु भयो ? भन्ने प्रश्नमा उनीहरुले प्रणाली ,कोरोना र व्यवहारिक कारण देखाउदै घुमाउरो पाराले सोचेजति काम गर्न नसकेको स्वीकार गरेका छन।
विना पूर्वाधार,कानुनी आधार र अनुभवका कारण सुरुवाती समयमा केहि अल्झिएको स्वीकार्दै ति जनप्रतिनिधिहरुले फेरी मौका पाएको खण्डमा शशक्त काम गर्ने विस्वास व्यक्त गरेका थिए भने आफुले गरेका राम्रा कामहरुको प्रचार नगरेकोमा संचार माध्यम प्रति गुनासो समेत पोखेका थिए।
त्यस्तै हामीले गरेको प्रारम्भिक नमुना सर्वेक्षणमा धेरै वडा अध्यक्षहरुले नगर प्रमुख भएको खण्डमा प्रभावशाली काम गर्न सकिने भन्दै ठुलै पदमा जाने आकांक्षा व्यक्त गरेका छन भने सदस्यहरुले पनि माथ्लो जिम्मेवारीमा उक्लन पाए अझै काम गर्ने धारणा राखेका छन।
अहिले खाएको नमस्कार जति सबै पछिको मत हो भनेर उत्साहित भएको हो ? भन्ने कपन अनलाइनको प्रश्नमा जनप्रतिनिधिहरुले त्यस्तो नभई पहिलो कार्यकालमा गरेको कामले जनमत जित्न सकिने विस्वास रहेको धारणा राखेका थिए।
निर्वाचनको मिति घोषणाको चर्चा हुँदा तरंगित बनेको राजनीतिक दलहरुको राजनीतिमा मिति घोषणा संगै थप गर्माउने देखिन्छ भने पार्टीहरुका अधिवेशनबाट आएको नयाँ नेतृत्वले पनि जनप्रतिनिधिहरुलाई दरो चुनौती दिने संकेत प्रसस्त देखिने एक बुद्दिजीवीले बताएका छन।
अहिले कपन अनलाइन गरेको प्रारम्भिक सर्वेक्षणमा तिन नगरपालिकाका जनप्रतिनिधिहरुको प्रतिनिधि मुलक धारणा प्रस्तुत गरिएको छ भने चुनाव चर्चाको आगामी शृंखलामा नगरपालिका केन्द्रित सामाग्री प्रस्तुत गरिने छ।