काठमाण्डौ महानगरपालिका वडा नं ७  मित्रपार्कमा कुटपिटबाट एक युवकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

काठमाण्डौ महानगरपालिका वडा नं ७  मित्रपार्कमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

मित्रपार्कबाट गौरीघाटतर्फ जाने ओरालोस्थित सडक खण्डमा करिब २२ वर्षीय युवक आइतबार राति ११ः२५ मा घाइते अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।

उनलाई तत्काल नेपाल भारत मैत्री अस्पताल मित्रपार्क लगिएको थियो।सो  अस्पतालले १५ मिनेटपछि उनलाई मृतक घोषणा गरेकोथियो ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका ७ घर भइ चाबहिल बस्ने २८ वर्षीय सुरेस दर्नाललाई पक्राउ गरेको छ।

तपाइँको प्रतिक्रिया ।