बुढानिलकण्ठ -१२ लाई रोटरी क्लब अफ भादँगाउको स्वास्थ सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,माघ १७।

बुढानिलकण्ठ  नगरपालिका वडा नं १२ लाई रोटरी क्लब अफ भादँगाउले  स्वास्थ सामाग्री सहयोग गरेको छ।सो क्लवले वडा नं १२ लाई २ हजार ,२२ हजार मास्क र  १५ लिटर सेनिटाईजर सहयोग गरेको हो।

वडा नं १२ को कार्यालयमा पुगेर क्लबका अध्यक्ष उत्तममणी पौडायल सहितको टोलीले वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईलाई सो सहयोग हस्तान्तरण गरेको थियो।

उक्त  सामाग्री आर्थिक रुपमा कमजोर रहेका तथा विद्यालयका साना बालबालिकालाई प्रदान गर्ने वडा नं १२  का अध्यक्ष शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।