गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

 गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,माघ १६।

गोकर्णेश्वर नगरपालिकावडा नं ९ शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेल बस्ने ३८ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको हो । बा६५प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो बेलुका करिब सवा ७ बजे भएको दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।