गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा भोली बृहत रक्तदान कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौँ, माघ १४ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी चोकमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित नेपाली कांग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ प्रदेश २ ‘ख’ गोकर्णेश्वर नगरपालिका वडा नं ४ इकाई समिति र गोकर्ण महिला संजालको सहकार्य तथा कान्तिपुर हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा भोलि माघ १५ गते शनिबार बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालित हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।