आजको मौसम पूर्वानुमान : हिमपात र वर्षा हुने
कपन अनलाइन
काठमाण्डौ ,माघ १२।
जल तथा मौसम पूर्वानुमान महाशाखाल देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने जनाएको छ । आज बिहान सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।
आज दिउसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ ।
हिमपात र वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।