टोखा नगरपालिकाका स्वास्थ्य चौकी तथा केन्द्रहरुलाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग

कपन अनलाइन

काठमाण्डौ ,माघ ११।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत नेपाल स्कुल अफ इन्टरपेनरसिप र ईन्टरनेशनल बुद्धिस्ट कन्फेडरेशनको  संयुक्त प्रयासमा संकलित अक्सिजन कन्सेन्ट्रेटर टोखा नगरपालिकामा रहेका स्वास्थ्य चौकी तथा केन्द्रलाई सहयोग गरेको छ ।

संस्थाले सोमबार अभियानका सदस्य डाक्टर प्रणय राणाले टोखा सरस्वती स्वास्थ्य चौकी चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र र झोर महाँकल स्वास्थ्य चौकीलाई एक/एक थान अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको हो ।  यस अघि टोखा ४ , ७र ८ वडामा रहेको स्वास्थ्य चौकीमा पनि वितरण गरिएको थियो ।

नेपाल स्कुल अफ इन्टरपेनरसिप र ईन्टरनेशनल बुद्धिस्ट कन्फेडरेशनको  संयुक्त प्रयासमा संकलित ४० वटा अक्सिजन कन्सेन्ट्रेटर बुढानिलकण्ठ र टोखा नगरपालिकामा रहेका आधारभूत स्वास्थ्य चौकी तथा केन्द्रमा वितरण गरिनेछ  ।

उनले टोखा चण्डेश्वर प्राथमिक स्वास्थ्य केन्द्रका लागि पहल गर्ने टोखा २ वडा वदाध्यक्ष दिपकराज जोशी, समाजसेवी मनिष जोशी र रमेश नापितलाई विशेष धन्यबाद दिए ।

तपाइँको प्रतिक्रिया ।