लिटिलमुन स्कूलमा शिक्षा मन्त्रीबाट पाँच विधामा सम्मान

लिटिलमुन स्कूलमा  शिक्षा मन्त्रीबाट पाँच विधामा सम्मान

 10995492_1625358981030500_5608670571698160466_n

कपन अनलाइन\काठमाडौ, चैत्र २३, २०७१

शिक्षा मन्त्री चित्रालेखा यादवले सरकारले गुणस्तरीय शिक्षाको लागि प्रत्येक बिद्यालयहरु शिक्षण बिधि र शिक्षण सिकाइमा पंक्तिबद्ध बनाउने योजना ल्याउने लागेकोएकी  छिन् । गत शनिवार कपनस्थित लिटिलमुन हाइस्कूलमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै शिक्षा मन्त्री यादवले सो कुरा बताएकी हुन् । शिक्षामन्त्री चित्रलेखा यादवले मुलुकको शैक्षिक क्षेत्रमा रहेको समस्याहरुको पहिचान गरी सरकारले गुणस्तरिय शिक्षाको विकासलाई बिशेष योजनाहरु अघि सारेको बताइन् । उनले शिक्षाको अवस्था खस्किदै गएको अवस्थालाई इँगित गदै गुणस्तरिय शिक्षाको शिक्षण बिधि र सिकाईप्रति बिद्यालय र शिक्षक प्रंतिबद्ध हुन नसकेको बताइन् ।

लिटिलमुन हाइस्कूलको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित शिक्षामन्त्री चित्रलेखा यादव र बरिष्ठ गायिका ज्ञानु राणाले सयुक्त रुपमा कपन तथा आासपासका क्षेत्रमा रही समाजको बिभिन्न बिधामा योगदान पुर्याएका बभिन्न व्यक्तिलाई सम्मान समेत गरे । यसरी दोसल्ला तथा सम्मानपत्रसहित सम्मानित हुनेहरूमा पत्रकारिताको क्षेत्रबाट  बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, पत्रकार नवराज चालिसे, बरिष्ठ संगीतकर्मी बिनय बर्मा, चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा र बरिष्ठ समाजसेवी चित्रध्वज खड्का थिए ।  कपन क्षेत्रका बिभिन्न संघ सस्था तथा ब्यक्तिहरुको सहकार्यमा सो सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सम्मानित ब्यक्तिको तर्फबाट पुरुषोत्तम दाहालले मुलुकको शैक्षिक क्षेत्रको विकासको लागि राज्य इमान्दार र प्रतिबद्ध हुनु पर्नेमा जो दिए ।  कार्यक्रममा बिद्यायलय ब्यबस्थापन समितिका अध्यक्ष बिसुकुमार केसी, बिद्यालयका  प्रिन्सिपल मुरारी भण्डारी, शम्भु अधिकारी र समाजसेवी रामकृष्ण केसी लगायतका शिक्षा क्षेत्रका ब्यक्तिहरुले राज्यले गुणस्तरिय शिक्षाको बिकासमा सवै खालका बिद्यायलहरुको अवस्था पहिचान गर्न सक्नु पर्ने बतएका थिए ।

शम्भु अधिकारीले खिचेका केही फोटोहरूः

988913_1625390597694005_1655388277300537290_n 10995821_1625390717693993_3730988673108086658_n 11082613_1625390587694006_1085895130090092879_n 11088332_1625390591027339_2294455055235099268_n

 

तपाइँको प्रतिक्रिया ।