गजल : निर्मल रमण पराजुली

गजल : निर्मल रमण पराजुली

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

छोरो बुद्ध हरायो, भन्दै रुन्छिन नेपाल आमा
जताततै चित्कार मात्रै, सुन्छिन नेपाल आमा

स्वर्गको टुक्रा, हिमाल पहाड र तराइ
शान्ती छाओस भन्दै, देवता छुन्छिन नेपाल आमा

सुन्दर शान्त देश, एकता मिलाप सबै
समृद्धि हित सपना, बुन्छिन नेपाल आमा

चार जात छत्तिस वर्ण, सुन्दर बगैचामा
हरेक फुलको हृदयमा, हुन्छिन नेपाल आमा

काटे रगत रातो, कोख एउटै सन्तानको
हृदय फाट्दा तन भरी, गुन्छिन नेपाल आमा !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।