राष्ट्रको जीवन्त धरोहर पृथ्वी नारायण शाह : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
हे पृथ्वी
तिमी राष्ट्रका पूज्य अनि
जीवन्त धरोहर हौ
राष्ट्रका सवै व्यापकता
केवल तिमीमा नै
निहीत छ
आजको यस घडीमा
हामी नितान्त
तिम्रो सम्झना गर्छौ
जस्ले नेपालीलाई
सिङ्गो नेपाल
राष्ट्र नामको देश
नेपाली जाति
दिएर गयौ ।
तिम्रो अठोट जागरण र
हृदयको आस्था
अनि प्रवल भावना
समुद्रमा ठूलो
घनघोर छाल उठेर
सफलताको
आल्हादित क्षण
नेपालीलाई सुम्पेर गयो
जस्ले गर्दा
हामीलाई
तिमी नभएको
कत्ति पनि महसुस
गराएनौ ।
आज हाम्रो परापूर्व
देखिको आस्था विश्वास यो
प्रतिफल !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।