अबको ओखलढुंगा एमाले : अम्बिरलाई आराम,किसोरलाई कस्ट र यज्ञराजलाई अफ्ट्यारो

कपन अनलाइन

काठमाण्डौ ,पौष २९।

नेकपा एमाले ओखलढुंगाको नवौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरे संगै जिल्लाको आगामी राजनीतिमा पार्ने यसको असर र नेताहरुको अवस्थाका वारेमा अहिले ब्यापक चर्चा हुन् थालेको छ।

नवौं जिल्ला अधिवेशनमा यस अघिका नेकपा एमाले ओखलढुंगाको समुह समिकरणमा तीव्र फेरबदल र अदलीबदली संगै निर्वाचन मार्फत नेतृत्व चयन भएको थियो।

जिल्लाको एमाले राजनीतिमा लामो समय देखि प्रभावशाली रहदै आएका नेताहरु र उनिहरुलाई चुनौती दिदै पछिल्लो समय जिल्लाको राजनीतिमा स्थान जमाउदै गएका नेताहरु विचको रोचक र निर्णायक प्रतिस्पर्धाका कारण मतदानबाट नेतृत्व चयन गरेको नेकपा एमाले ओखलढुंगाको अबको राजनीतिक बाटो भने नियमित भन्दा फरक हुने देखिएको एक नेताले बताएका छन।

नेकपा एमाले ओखलढुंगाको नवौं जिल्ला अधिवेशनमा यस पटक मुलत: चार नेता विच प्रस्ट प्रस्तिपर्धा देखिएको थियो। नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार , केन्द्रीय सदस्य तथा इन्चार्ज किशोर अधिकारी र प्रदेस नं १ का पुर्वमन्त्री तथा प्रदेस सभा सदस्य अम्बिरबाबु गुरुङ आफ्ना उम्मेदवारको समर्थनमा मैदानमै उत्रिएपछी जिल्ला अधिवेसनमा निर्वाचन भएको थियो।

सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनमा अध्यक्षमा शंकर कट्वाल विजयी भएका छन् । ४०० मत ल्याएर कट्वाल विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्दी सिताराम गुरुङले २७६ मत ल्याएका छन् । अध्यक्षमा १२४ मतान्तर भएको छ ।

उपाध्यक्षमा ४१३ मत सहित हर्कबोल राई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रञ्जित धमलाले ३४६ मत ल्याएका छन् ।सचिवमा ३५६ मत ल्याएर कमल न्यौपाने विजयी भएका छन् । तीर्थ सुवेदीलाई ६५ मतले पराजित गर्दै न्यौपाने विजयी भएका हुन् । सुवेदीले २९१ मत ल्याएका छन्।

दुई  उपसचिव पदमा मणिराज राई र अशोक थापा विजयी भएका छन् । राईले ३५४ र थापाको ३३७ मत आयो ।उपसचिवका उमेद्वार केशव ढुंगेलले २४३, भक्त कार्कीले १५९ र र सञ्जु श्रेष्ठले ११९ मत ल्याएका छन् ।

अध्यक्ष कट्वाल, सचिव न्यौपाने र उपसचिव थापा एमाले नेता अम्बिर गुरुङले समर्थन र सहयोग गरेका उम्मेदवार  हुन् भने उपाध्यक्ष र उपसचिव राई  यज्ञराज सुनुवार/किशोर अधिकारी पक्षले समर्थन र सहयोग गरेका उम्मेदवार हुन् ।

नवौं जिल्ला अधिवेशनमा यज्ञराज सुनुवार ,किशोर अधिकारी,मोहन श्रेष्ठ, सकुन्तला राजभण्डारी, तीर्थ सुवेदी, सिताराम गुरुङ, उत्तम राई, हर्कबोल राई, मणिराज राई लगायतका नेता नवौं जिल्ला अधिवेशनमा एक ठाउँ उभिएका थिए भने अर्कातर्फ नेताहरु अम्बिरबाबु गुरुङ, नानीबाबु बुढाथोकी, शंकर कटवाल , केदारराज पुडासैनी,केदारबाबु बस्नेत, इच्छाकुमारी गुरुङ्ग, सुरेन्द्र बोगटी, लोचन बस्नेत, लक्ष्मण बराल, कमल न्यौपाने, जगत लुइँटेल, तारा कार्की लगायतका नेताहरु आफ्ना उम्मेदवार जिताउन सक्रिय रहेका थिए।

नेताहरु रोचक प्रतिस्पर्धाको क्लाइमेक्समा परिणाम आउँदा नेकपा एमाले ओखलढुंगामा प्रदेस सभा सदस्य गुरुङ निकै आरामदायी अवस्थामा पुगेका छन। जिल्ला अध्यक्ष ,सचिव र एक उपसचिव सहित बहुमत जिल्ला सदस्य जिताएको गुरुङ समुह अवको जिल्ला राजनीतिमा प्रभावशाली बनेको विश्लेषण हुन् थालेको छ। जिल्लाका अधिकांश प्रभावशाली नेताहरुको किल्ला तोड्न सफल बनेको यो समुह अहिले निकै उत्साहित बनेको एक नेताले बताएका छन।

त्यस्तै नेकपा एमाले ओखलढुंगामा आफुले सोचे भन्दा फरक परिणाम देखिए पछी पछिल्लो समय आफैले बनाएको दरिलो समुह छोडेका इन्चार्ज किशोर अधिकारीलाई कस्ट पर्ने एक गाउँपालिका कमिटीका अध्यक्षले बताएका छन। नेकपा एमालेमा देखिएको विवादमा संस्थापन पक्षलाई अड्याउन र टिकाउन महत्वपूर्ण भूमिका खेलेका अधिकारीले नवौ अधिवेसनमा राजनीतिक भन्दा पनि अंकगणितीय र भावनात्मक निर्णय गर्दा राजनीनैतिक  कस्ट थपिएको ति नेताको भनाइ रहेको छ।

नेकपा एमाले ओखलढुंगाको परिणाम संगै लामो समय ओखलढुंगा एमालेको निर्णायक नेता रहेका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार भने अफ्ट्यारोमा परेका छन। दुई कार्यकाल निर्वाचित केन्द्रीय सदस्य हुँदा पनि पोलिटब्युरो र इन्चार्ज नपाएका सुनुवार पछिल्लो परिणाम संगै निकै रक्षात्मक अवस्थामा पुगेको टिप्पणी जिल्लाको राजनीतिमा हुन् थालेको छ।

जिल्लाका स्थनीय तहबाट आएका प्रतिनिधिहरुको मनोविज्ञान नबुझ्दा नराम्रो संग पछारिएका सुनुवार र उनको समुह र जिल्लामा   बर्चस्व बनाएर उत्साहित बनेको अम्बिरबाबू गुरुङ र उनको समुहका अगाडी भने जिल्लामा नेकपा एमालेको भूमिका र हाल प्राप्त उपलव्धि जोगाउने चुनौती भने समान रहेको एक बुद्दिजीवी बताउछन।

आन्तरिक प्रतिस्पर्धामा जिल्लाका केहि उदायिमान नेताहरुको राजनीतिक भविष्य बलि चाडाएका ति नेता र समूहको लडाइमा गत  निर्वाचनमा प्राप्त गरेको उपलव्धि गुम्ने खतरा देखिएको बताउदै उनले ढुंगेल ,सुनुवार,अधिकारी र गुरुङले उन्माद र निराशा छोडेर अगाडी बढ्नु पर्ने धारणा राखेका छन ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।