टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित छन् ।
चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान र विजय बुर्जाले समान १५–१५ अंक योगदान गरे ।
पहिलो क्वाटरमा २०–१५ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाउदै जित अन्तर फराकिलो बनाएको थियो । टाइम्सले दोश्रोमा १६–१०, तेश्रोमा १६–८ र चौथोमा २१–१५ को प्रदर्शन ग¥यो ।
अर्को सेमिफाइनलमा सौरव श्रेष्ठको १७ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७९–७० ले हरायो । सुरुका तीन क्वाटर रोयलले क्रमशः २९–१८, १४–११ र २१–१५ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा ग¥यो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २६–१५ को अग्रता लिएपनि जितका लागि पर्याप्त रहेन ।
फाइनल शनिबार हुने छ । शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

तपाइँको प्रतिक्रिया ।