भ्याली पब्लिक सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,पौष १४ ।

आयोजक भ्याली पब्लिक स्कुल प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको समूह ‘बी’ को लिग खेलमा भ्याली पब्लिकले ट्रिनिटीलाई ३४–३१ ले पराजित गर्दै समूह विजेताका हैसियतले सेमिफाइनलमा पुगेको हो । भ्याली पब्लिकका साजन गुरुङ र कप्तान सक्रिय अधिकारीले समान ११–११ अंक जोडे । ट्रिनिटी पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
समूह ‘ए’ बाट जेभियर विजेता तथा साइपाल एकेडेमी उपविजेता हुँदै सेमिफाइनलमा पुगे । जेभियरले टाइम्सलाई ३८–२६ ले हरायो । जेभियरका सम्राट भुमिले ११ स्कोर गरे । साइपालले हेराल्डमाथि ४०–३८ को कठिन जित दर्ता ग¥यो । खेल सकिन १२ सेकेन्ड बाँकी छँदा दुवै ३८–३८ को बराबरी स्थितिमा थिए । साइपालका अभिषेकले १४ अंक बटुले ।
सेमिफाइनलमा जेभियरको भेट ट्रिनिटीसंग हुने छ भने साइपालले आयोजक भ्याली पब्लिकको सामना गर्ने छ । सेमिफाइनल आइतबार हुने छ ।

तपाइँको प्रतिक्रिया ।