गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता शुरु

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरु बीचको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता शुरु

कपन अनलाइन

काठमाडौँ,पौष १९ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३२ औं बार्षिक उत्सबको अवसरमा क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीता आज बाट शुरु भएको छ ।  क्लबले प्रत्येक बर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा खेलकुदलाइ समेट्दै आएको र सो लाइ  निरन्तरता दिदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीचको  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीतापौष २४  गते सम्म चल्नेछ ।

कुल २४ वटा  टिमले  सहभागी भएको उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उद्घाटन गरेका हुन। उनले रेफ्रीलाइ  खेल सामग्री प्रदान गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन। उक्त कार्यक्रममा गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार  गोबिन्द बहादुर श्रेष्ठ,वडा सदस्य बालकृष्ण श्रेष्ठ, क्लबका सल्लाहकार राजकुमार श्रेष्ठ,  धुर्ब कुमार श्रेष्ठ,  राज कृष्ण श्रेष्ठ,समाजसेवी रा,ज्ञानकुमार श्रेष्ठ, बिजयकुमार श्रेष्ठ , शंखडोल कराते डोजोहलका अध्यक्ष शिवराम कारंजित  भगवती युवा क्लबका अध्यक्ष संजय विक, क्लबका पदाधिकारीहरु  सहित खेलाडी तथा खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष  कमल परियारले थिए भने कार्यक्रम संचालन  क्लबका सचिब कमल परियारले गरेका थिए ।

 

कार्यक्रममा क्लबका अध्यक्ष कमल परियारले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।  कार्यक्रममा शुभकामना मन्तब्य राख्दै  प्रमुख  अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बार्षिक उत्सबको अवसरमा  आयोजित ब्याटमिन्टन प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले आगामी दिनमा सो प्रतियोगिता सदस्यहरु बीच मात्र सिमित नराखी वडा र  नगर स्तरीय प्रतियोगिता समेत आयोजना गर्नु पर्नेमा जोड दिदै त्यसमा आफ्नो  र नगरपालिकाले समेत सहयोग गर्ने बताएका थिए ।

 भगवती युवा क्लबको  ब्याडमिन्टन कोर्टमा  क्लबका सदस्यहरु बीच आयोजित  मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको पहिलो  उद्घाटन खेल उमेश ढुंगाना र केदार प्रसाद दवाडीको जोडी संग राज कुमार श्रेष्ठ र  राजु कर्माचार्यको जोडी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा  उमेश ढुंगाना र केदार प्रसाद दवाडीको जोडीले राज कुमार श्रेष्ठ र राजु कर्माचार्यको जोडीलाइ  १९- २१, २१-११ र २१ -१८ अंकको  तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

त्यसैगरि आजै राम हरि श्रेष्ठ र बिक्रम शाही संग सुमन श्रेष्ठ र जयराम आचार्य को जोडी बीच भएको थियो। उक्त खेलमा  राम हरि श्रेष्ठ र बिक्रम शाहीको जोडीले सुमन श्रेष्ठ र जयराम आचार्य को जोडीलाइ २१-१४ र २१- १२ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन।प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेलाइ नगर पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।