ईष्टपोल माबीमा बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेशनले कविता रचना तथा वाचन प्रतियोगिता गर्ने
कपन अनलाइन
काठमाडौँ, पौष १९। बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेशनले उपत्यकाब्यापी माध्यमिक बिध्यालय स्तरीय नेपाली भाषाको कविता रचना तथा वाचन प्रतियोगिता २०७८ आयोजना गर्ने भएको छ। फाउन्डेशनले २०७८ साल माघ २३ गते बसन्तपन्चमीका दिन सम्पन्न हुने गरि उपत्यकाब्यापी स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गर्न लागिएको हुँदा इच्छुक बिध्यालयले एक जना छात्र र एक जना छात्रा सहभागी गराई सहयोग गर्नको लागि अनुरोध गरेको छ ।
कविता प्रतियोगितामा भाग लिने बिद्यार्थीले २०७८ साल माघ ७ गते भित्र ईष्टपोल माध्यमिक बिद्यालयको इमेल ([email protected]) मार्फत आफ्नो नाम दर्ता गराउनु पर्नेछ कविता रचनाको लागि निम्न तीन शिर्षक मध्ये कुनै एक शिर्षकमा रचना गरिएको हुनुपर्ने छ । (क) मेरो देश, (ख) नागरिक दायित्व (ग) मेरो सपना रहेको जानकारी गराएको छ। कविता प्रतियोगिता २०७८ साल माघ १४ गते शुक्रबार ईष्ट पोल माध्यमिक बिध्यालयको प्राङ्गणमा बिहानमा ९ बजे देखि देखि १०; ३० बजे सम्म स्थलगत लेखन हुने जानकारी गराउदै रहेको जानकारी गराउदै गद्द्य कविता भएमा १२५ शब्द सम्मको र पद्द्य भएमा बढीमा ५ श्लोकको हुनु पर्ने, पूर्वमूल्यांकन द्वारा छनौट भएका २० वटा कवितालाइ माघ २३ गते वाचन सहित अन्तिम मूल्यांकन गरिने जानकारी गराइएको छ।
मूल्यांकन समितिको निर्णय अनुसार प्रथम ,द्वितीय र तृतीय हुनेलाइ क्रमश नगद रु २० हजार ,रु १५ हजार र दश हजार रुपैया सहित प्रमाण पत्र प्रदान गरिनुको साथै सहभागी सम्पूर्ण बिद्यार्थीहरुलाई प्रमाणपत्र प्रमाण पत्र प्रदान गरिने जानकारी गराएको छ ।थप जानकारीको लागि ९८४११३१०९६ हरि डाँगी र ९८६२७७८४६४ सीता आस्था लाइ सम्पर्क गर्न सकिने छ ।