गजल : डा.श्यामप्रसाद न्यौपाने

गजल : डा.श्यामप्रसाद न्यौपाने

कपन अनलाइन

काठमाडौँ, पौष १७।

इतिहास भत्काउन खोज्दै छ कसैले
शैतान जगाउन खोज्दै छ कसैले

भाषा, धर्म र सँस्कृति नासेर
डलर कमाउन खोज्दै छ कसैले

खुल्ला छोडेर नन्दी र भृङ्गी
ताण्डव मच्चाउन खोज्दै छ कसैले

विधि–विधान लाएर किनारा
हैकम जमाउन खोज्दै छ कसैले

पराइ तालमा नाचेर यहाँको
गौरव घटाउन खोज्दै छ कसैले

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।