बुढानिलकण्ठको मतदाता संकलन केन्द्र पुग्दा : उदासिन जनप्रतिनिधि र आक्रामक आकांक्षीहरु …
कपन अनलाइन
काठमाण्डौ ,पौष ९।
अहिले स्थानीय तहमा मतदाता नामावली संकलन भैरहेको छ। १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुले पौष १८ गते सम्म आफ्नो स्थनीय तहले तोकेको केन्द्रमा गएर मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्नेछन।
यसै क्रममा आज करिव १ बजेको समयमा कपन अनलाइनको टोली बुढानिलकण्ठ नगरपालिकाको मतदाता नामावली संकलन केन्द्र पुग्दा सयौ नगरवासीहरु नामावली संकलनका लागि लाइनमा रहेका थिए।
पहिलो पटक मतदाता बन्नका लागि नामावली संकलन केन्द्रमा आएकाहरुमा अधिकांश युवाहरुको उल्लेख्य उपस्थिति रहेको सो स्थानमा नगरपालिकामा सक्रिय राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ मतदाता संकलन केन्द्रमा नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकी र नेकपा माओवादी केन्द्रका अध्यक्ष भाइनारायण श्रेष्ठ निकै सक्रिय देखिएका थिए।
बुढाथोकी नगर सचिव बिजेन्द्र श्रेष्ठ,कोषाध्यक्ष संजित थापा ,प्रदेस क्षेत्र ( ख ) सभापति राम प्रसाद लुइँटेल,सचिव मनोज सिग्देल,इकाई ११ का सभापति राधेश्याम कार्की सहित केन्द्रमा सक्रिय थिए भने माओवादी केन्द्रका अध्यक्ष श्रेष्ठ पनि दलबल सहित उपस्थित रहेका थिए। त्यस्तै नेकपा एमाले बुढानिलकण्ठ -८ का अध्यक्ष बिनोद थापा पनि निकै सक्रिय रहेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका वडा नं ६,७ ८ र ९ को मतदाता नामावली संकलनको अन्तिम दिन आज सो केन्द्रमा जनप्रतिनिधिहरुको भने निकै पातलो उपस्थिति देखिएको थियो।
उक्त केन्द्रमा बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जन ,वडा नं ६ की सदस्य नानु खड्का श्रेष्ठ ,वडा नं ४ का सदस्य श्रीराम केसी लगायत सक्रिय रहेका थिए।
स्थानीय तहको निर्वाचन मिति घोषणा हुने अन्तिम चरणमा रहेको समयमा भैरहेको मतदाता संकलन केन्द्रमा पहिलो पटक स्थानीय तहमा निर्वाचित रहेका जनप्रतिनिधि भन्दा आगामी दिनमा जनप्रतिनिधि बन्ने सम्भावना रहेकाहरुको सक्रियता निकै रोचक र अर्थपूर्ण रहेको चर्चा समेत चलेको छ।
आज निर्वाचन आयोगले प्रस्ताव गरेको बैशाख २० वा २२ गते निर्वाचन हुने भएमा अव केवल १३१/१३३ दिन कार्यकाल बाँकी रहेको अवस्थामा भैरहेको नामावली संकलनमा पौष ४ गते र त्यस पछिका केहि दिन झन्डै आक्रमणको स्थितिमा पुगेका दलका नेता र जनप्रतिनिधिले मंचन गरेका रोचक दृश्य अझै देखिने बताउदै एक स्थानीय नेताले मतदाता नामावली संकलन हुन्जेल नेताहरु असारको किसान झैँ हुनु स्वाभाविक रहेको धारणा राखेका छन।