सप्तदेव बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,पौष ४।
सप्तदेव बचत तथा ऋण सहकारी संस्थाको १२ औ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ। टोखाको भुतखेल बनभोज स्थलमा भएको संस्थाको साधारण सभा तथा बनभोज कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा एसईई , उच्च मावी र स्नातक तहमा सफलता प्राप्त गर्बे शेयर सदस्य तथा सदस्यका सन्तानहरुलाई सम्मान पनि गरिएको थियो।
बनभोज सहित भएको साधारण सभामा उत्कृस्ट बचत,ऋण कारोवार र आर्थिक गतिविधि गर्ने संस्था तथा ब्यक्तिहरुलाई सम्मान गर्नुका साथै अध्यक्ष ,लेखा समिती र कोषाध्यक्षको प्रतिवेदन पनि पारित गरिएको थियो।
त्यस्तै सो अवसरमा भएको रक्तदान कार्यक्रममा शेयर सदस्य तथा उपस्थित हरुले रक्तदान गरेका थिए भने विभिन्न कलाकारहरुको मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुति गरिएको थियो।