पासाङ-ल्हामु राजमार्ग छेउछाउमा रहेका जोखिमयुक्त रुखहरु काटियो
कपन अनलाइन
काठमाडौं पौष १। पासाङ-ल्हामु राजमार्ग छेउछाउमा रहेका जोखिमयुक्त रुखहरु कटान गरिएको छ ।मानवीय क्षति न्यूनीकरणार्थ वार्षिक रुपमा नागार्जुन क्षेत्रस्थित पासाङ-ल्हामु राजमार्ग छेउछाउमा रहेका जोखिमयुक्त रुखहरु कटान गर्ने क्रममा यस वर्ष यस गोलढुङ्गा-जीतपुर म.क्षे. उपभोक्ता समितिद्वारा मुड्खु र नाखान्डोल क्षेत्रमा रहेका जोखिमयुक्त रुखहरु कटान गरिएको हो ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयले रुख कटानको अनुमति प्रदान गरे संगै उक्त क्षेत्रमा रहेका जोखिम युक्त रुखहरु कटान गरिएको गोलढुंगा- जितपुर उपभोक्ता समितिका अध्यक्ष निराजन तामाङले कपन अनलाइनलाइ जानकारी गराए । उनले उक्त कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।
तपाइँको प्रतिक्रिया ।