“काग” ले बदलेको कागेश्वरी
कपन अनलाइन
काठमाण्डौ ,पुस १।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को गागलफेदी क्षेत्रमा अहिले निकै परिवर्तन देखिएको छ। केहि वर्ष अगाडी सम्म सडक र अन्य पूर्वाधारको कमीमा निकै दुर्गम झैँ लाग्ने सो क्षेत्रमा अहिले आर्थिक गतिविधि निकै बढेका छन।
सो क्षेत्रको पछिल्लो द्रुत विकास र प्रगतिमा “काग” को निकै ठुलो भूमिका रहेको छ। नगरपालिकाको नामकरण भएको पवित्र कागेश्वरी क्षेत्रमा राखिएका सानो र ठुलो कागको प्रतिमाका कारण यहाँ दैनिक आउने आन्तरिक तथा बाह्य पर्यटकको शंख्यामा निकै वृद्धि भएको छ।
सो क्षेत्रमा सडक पूर्वाधार बन्नु भन्दा अगाडी निकै कस्टकर जीवन बिताउन बाध्य बनेका स्थानीयहरु अहिले आफ्नै घर आँगनमा व्यवसाय गर्न पाउँदा निकै खुसि बनेका छन। सडक कालोपत्रे र ढलान भए संगै काठमाण्डौ उपत्यकाका भ्रमण प्रेमीहरुको रोजाइमा परेको सो क्षेत्रका प्रमुख आकर्षण रहेका छन कागेश्वरी धाम र लोकतान्त्रिक सहित उधानमा रहेका कागका प्रतिमा।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को लोकतान्त्रिक सहित उधानमा राखिएको कागको प्रतिमालाई विश्वकै सबैभन्दा ठुलो दावी गरिएको छ। सो प्रतिमा निर्माणमा बागमती प्रदेस सरकार संगै स्थानीयहरुको सुन देखि फलाम सम्मको योगदान रहेको छ।
काठमाण्डौ क्षेत्र नम ३ ( २ ) बाट निर्वाचित प्रदेस सभा सदस्य रामेश्वर फुँयालले संचालन गरेको कवाड संकलन अभियानमा संकलन भएका सुन ,तामा ,पित्तल,फलाम सहित विभिन्न धातुले बनेको सो कागको प्रतिमाको तौल करिव १९३२ केजी रहेको छ।
काठमाण्डौको उत्तरी पर्वत शृंखलाको काखमा रहेको सो उधानबाट काठमाण्डौ उपत्यकाको मनोरन दृश्य देखिनुका साथै रास्ट्रिय निकुन्ज र मणिचुड क्षेत्रको पनि भ्रमण गर्न सकिन्छ।
काठमाण्डौ उपत्यका बाट सो स्थानमा आउन जोरपाटी -साँखु सडकको खुलालटार,सुन्दरीजल – आलापोट -गागलफेदी र थली डाँछीबाट जान सकिन्छ भने सुन्दरीजल -मुलखर्क जाने सडकको चेकपोस्ट नजिकै बाट पैदल पनि जान सकिन्छ।
सो क्षेत्रमा कागको प्रतिमा राखे संगै स हेर्न आउने पर्यटक बढेको बताउदै एक स्थानीयले अहिले सो क्षेत्रमा होटल ,पसल ,रेस्टुरेन्ट र रिसोर्ट खुल्नेक्रम दैनिक बढ्दै गरेको जानकारी दिएका छन।
निकुन्जको काखमा मनोरम वातावरणमा आनन्द लिनेहरुका लागि सो स्थान निकै आकर्षक रहेको बाताउदै उनले गाउँको परिवर्तनमा “काग” ले ठुलो भूमिका खेलको धारणा समेत राखेका छन।