नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ओखलढुंगाको अध्यक्षमा रविन श्रेष्ठ
कपन अनलाइन
काठमाण्डौ ,पुस १।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ओखलढुंगाको अध्यक्षमा रविन श्रेष्ठ निर्वाचित भएका छन् ।
लामो समय देखि जिल्लामा क्रियाशिल श्रेष्ठ बुधबार सम्पन्न फोनिजको जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष रहेका श्रेष्ठ भिजन एफएमका स्टेशन मेनेनर हुन् ।
त्यस्तै फोनिजको उपाध्यक्षमा रामहरि श्रेष्ठ, सचिवमा एसबी जेरो, कोषाध्यक्ष शोनिमा शेर्पा, सहसचिव मिनाकुमारी श्रेष्ठ लगायत ११ सदस्य समिति निर्वाचित भएका छन् ।
फोनिजको अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले तत्काल फोनिजको कार्यालय स्थापना गर्ने र संगठनको विधि, पद्धतिभित्र रहेर पत्रकारिता क्षेत्रको विकास र जनजाती पत्रकारहरुको हकहितमा अब्बल काम गर्ने बताएका छन् ।
तपाइँको प्रतिक्रिया ।