सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई निधिले सहयोग गर्ने
कपन अनलाइन
काठमाडौं मंगसिर २८ ।नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् ।
पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । मतदान मंगलबार साढे ३ बजेदेखि सुरु हुनेछ ।
फोटो सोनु निधिको फेसबुक बाट
तपाइँको प्रतिक्रिया ।