प्रसिद्ध पोकली झरनाको काखमा स्रष्टाहरुको सृजना
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर २०।
ओखलढुंगा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल पोकली झरनाको काखमा स्रष्टाहरुले सृजना सुनाएका छन। नेपालकै दोश्रो अग्लो झरना मानिने पोकली झरनाको समिपमा स्रष्टा पदयात्राको ५२औं श्रृङखलामा विभिन्न कवी तथा कवियत्रीहरुले कविता वाचन गरेका थिए।
श्री लेती मा. वि. पोकली, ओखलढुंगामा वृहत् कवि गोष्ठी तथा डा. धन प्रसाद सुवेदीद्वारा लिखित ‘सानो स्वार्थ भयंकर अपराध ‘ उपन्यासको लोकार्पण पनि गरिएको छ ।
सो स्रष्टा पद यात्रामा शीतल गिरी, डा. धन प्रसाद सुवेदी, माधव घिमिरे ‘अटल’ , खोलाघरे साहिंलो, वसन्त रिजाल, डिल्ली रमण सुवेदी, माधव श्रेष्ठ, डिल्लीराज अर्याल , सुमन पुडासैनी ‘मित्र’ लगायत विभिन्न विद्यालयका लगभग ५० विद्यार्थी र स्थानीय स्रष्टाहरुले कविता वाचन गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।