सम्पन्न योजना उद्घाटनमा उदासिन बुढानिलकण्ठ नगरपालिका
नगरपालिका भित्र निर्माण सम्पन्न भएका विकास योजनाहरुको उद्घाटनमा समेत बुढानिलकण्ठ नगरपालिका उदासिन देखिएको छ। बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाहरुमा निर्माण सम्पन्न भएका करिव १९ वटा पार्कहरुको हाल सम्म पनि औपचारिक रूपमा उद्घाटन हुन सकेको छैन।
नगरपालिकाका कालिका पार्क ,भूकम्प स्मृति पार्क,नौलिन चुनिखेल पार्क सहित १९ वटा पार्क निर्माण सम्पन्न भएका छन भने ३९ मध्ये अन्य पार्कहरु पनि निर्माण सम्पन्न हुने चरणमा रहेका छन।
भएका र गरेका कामहरुको उचित प्रचार गर्न निकै कमजोर र असफल रहेको बुढानिलकण्ठ नगरपालिकाका सार्वजनिक जग्गा संरक्षण गरेर निर्माण भएका १९ वटा पार्क तयार भएर नगरवासिको प्रयोगमा आए पनि नगरपालिकाले भने हालसम्म तिनीहरुको उद्घाटन गर्ने कुनै सोच र योजना समेत नबनाएको एक कर्मचारीले बताएका छन।
औपचारिक कार्यकाल सकिन १५७ दिन बाकी पार्कहरु सङै विभिन्न वडामा निर्माण सम्पन्न भएका सार्वजनिक भवन , पुल, सडक र अन्य पुर्वाधारहरुको उद्घाटन नहुनु वा नसक्नुलाई अहिले धेरैले निकै आस्चार्यजनक रूपमा लिएको एक जनप्रतिनिधिले बताएका छन।
नगरपालिकाको यो उदेक लाग्दो उदासीनताले गर्दा आफुले निकै मेहेनतले गरेको कामको अपनत्व लिन समेत मुस्किल पर्ने भन्दै ती जनप्रतिनिधिले भोलि चुनावको बेला अर्कै दलले पर्चा छापेरै आफुले गरेको भने पनि बोल्ने ठाउँ नहुने धारणा राखेका छन।
अन्य नगरपालिका र स्थानमा निर्माण सम्पन्न भएका योजनाहरुको उद्घाटनलाई उत्सवका रूपमा मनाउने गरिए पनि बुढानिलकण्ठ नगरपालिकामा भने ब्यवस्थापन ,योजना र उर्जामा कमि देखिनु निकै अनौठो विषय रहेको भन्दै नगरपालिकाका एक सल्लाहकारले यसमा नगर कार्यपालिकाको पनि ठुलो कमजोरी देखिएको धारणा राखेका छन।