नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधिमा बिक्रम सुनारले उम्मेदवारी दिने

नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधिमा बिक्रम सुनारले  उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौं, मंगसिर ५ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ बाट दलित कोटा तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा बिक्रम सुनारले उम्मेदवारी दिने भएका छन् ।लामो समय देखि काङ्ग्रेस पार्टीमा लागेर राजनीति संगै समाजसेवामा सक्रिय रहेका सुनारले काङ्ग्रेस पार्टीलाई मजबुद बनाउन आफू सदैब लागिपर्ने पनि बताउछन ।

आफु नेपाली कांग्रेसको इमान्दार र संघर्षशिल कार्यकर्ता भएको हुदा निर्वाचित भईसकेपछि पाटीका सवै नेतृत्वकर्ता तथा कार्यकर्ताहरु संग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउछन । उनले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीमा आफुभन्दा अग्रजहरुलाइ सम्मान गर्दै सानालाइ माया गरेर अझै पार्टीको संगठन बलियो बनाउने प्रतिबद्धता समेत जनाएका छन ।मंसिर ६ गते(भोली) हुन लागेको क्षेत्रीय अधिवेशनमा आफुले  दलित कोटा तर्फ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेको भन्दै काँग्रेस पार्टी बलियो बनाउन र क्षेत्रको विकास गर्न  आफुलाई मतदान गर्नको लागि अपिल गरेका छन।

तपाइँको प्रतिक्रिया ।