नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को सचिवमा दिनेश अर्यालले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौं, मंगसिर ५। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं ३ को सचिबमा  दिनेश अर्यालले   आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका छन। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १  निवासी अर्यालले सबै अटाउने काँग्रेस बनाउने, पार्टीमा देखिएको यूवाको आर्कषणलाई राजनैतिक प्रशिक्षण मार्फत कार्य गरी सबै अटाउने जुझारु काँग्रेस बनाउने प्रतिवद्धता साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन।

यस अघि अर्यालले नेपाली कांग्रेस साबिक गागलफेदी १को इकाई सचिव भएर  काम गरिसकेका छन  भने   नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर कार्यसमितिमा समेत सचिबको जिम्मेवारी कुशलता पुर्वक कार्य सम्पादन गरिसकेका छन ।  दिपेन्द्र लामा समूह बाट सचिवमा उम्मेदवारी दिने भन्दै उनले मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनमा  क्षेत्रीय सचिव पदमा एक पटक सेवा गर्ने मौका प्रदान गर्न र संगठन बिस्तारसँगै बलियो बनाउनका लागि जिम्मेवारी सुम्पिनका लागि  काठमाडौं क्षेत्र ३  का प्रतिनिधि तथा वडा सभापतिहरुमा अनुरोध समेत गरेका छन्।उनले आफू निर्वाचित भएपछि आफ्नो अनुभवका साथसाथै समाजका अन्य अनुभवी व्यक्तिबाट अनुभव लिँदै युवाहरूको साथ र सहयोगका साथै अघि बढने धारणा राखेका छन । उनले आफूले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।