नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिमा किरण केसीले उम्मेदवारी दिने

नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिमा किरण केसीले उम्मेदवारी दिने

कपन अनलाइन

काठमाडौं मंगसिर ५।  नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ३ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा  किरण केसीले आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका छन । यस अघि केसीले  नेपाली कांग्रेस  काठमाडौं क्षत्रनं ३ को क्षेत्रीय कोषाध्यक्षमा  रहेर कुशलता पुर्वक कार्य सम्पादन गरिरहेका  छन ।२०४७  साल बाट नेपाली कांग्रेसको साधारण सदस्यता लिएर राजनीतिक यात्रा शुरु गरेका केसी २०५९ सालमा तरुण दलको काठमाडौं सदस्यमा रहेर पनि काम गरिसकेका छनभने नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट काठमाडौं क्षेत्र नं ३ को क्षत्रीय सदस्य हुदै १३औं महाधिवेशनबाट नेपाली कांग्रेस काठमाडौं  क्षेत्रनं ३ को क्षत्रीय कोषाध्यक्ष भएका थिए ।  नेपाल मेडिकल कलेज अत्तरखेल कर्मचारी युनियनका अध्यक्ष समेत रहेका केसी समाजसेवामा पनि उत्तिकै  सक्रिय रहेका छन् ।

नेपाली कांग्रेसको बिचारमा अडिग रहेका केसीले केन्द्रिय महाधिवेशन प्रतिनिधि  भएर पार्टी र समाजको सेवा गर्ने उदेश्यले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा  आफ्नो उम्मेद्धारी रहेको बताउँछन । केसीले आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने  भन्दै  आफु निर्वाचित भएसंगै समग्र क्षेत्रको बिकास, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउदै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुलाई सहयोग गर्न आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।