नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि खुल्ला महिला तर्फ शान्ती नेपालको उम्मेदवारी

कपन अनलाइन

काठमाडौँ, मंगसिर ५ । नेपाली कांग्रेस  काठमाडौं क्षेत्र नं ३ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधि खुल्ला महिलातर्फ  क्षेत्रीय सचिब एबम उप प्रमुख शान्ती नेपालले  उम्मेदवारी दिने घोषणा गरेकी छन । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा संक्रिय रहेकी महिला नेतृ नेपाल  हाल  गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख हुन  । गोकर्णेश्वरमा  काँग्रेसको संगठन विस्तार तथा नेपाली काँग्रेस पार्टीलाई थप बलियो बनाउनको लागि महत्वपुर्ण भुमिका खेलेकी नेपालले निष्ठा,इमानदारीता,स्वाभिमानको लागि आगामी केन्द्रिय महाधिबेशनमा सक्षम र योग्य नेतृत्व चयन गर्नेकार्यको लागि आफुलाई महाधिबेशन प्रतिनिधिमा निर्वाचित गराउनको लागि सम्पुर्ण वडा सभापतिहरु तथा क्षेत्रिय प्रतिनिधीहरुलाई आग्रह  समेत गरेकी छन ।

नेपाली काँग्रेसको संगठनलाई थप मजबुत बनाउदै आसन्न निर्वाचनमा काँग्रेसलाई उत्साहजनक तवरले बिजयी बनाउनको लागि पनि आफुलाई मतदान गरी निर्वाचित गराउनको लागि नेपालले अपिल गरेकी छन।  सबै जातजाति, लिङ्ग र समुदायलाई समेटेर बलियो संगठन निर्माण गर्ने प्रतिबद्धताका साथ काठमाडौं क्षेत्र नं. ३  बाट खुल्ला महिला तर्फ केन्द्रिय महाधिबेशन प्रतिनिधी पदमा उम्मेदवारी घोषणा गरेको नेतृ  नेपालले बताएकि छन  ।

 

तपाइँको प्रतिक्रिया ।