नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ३ प्रदेश ‘क’ अधिवेशनका लागि चन्द्रदिप लामा (काजु)को प्यानल घाेषणा
कपन अनलाइन
काठमाडौं मंगसिर २। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर ३ गते हुने निर्वाचन क्षेत्र प्रदेशहरुको अधिवेशन लागि देशभर तयारी भइरहेको छ । अधिवेशनको दिन नजिकिएसँग प्रत्यासीहरूको सक्रियाता पनि बढेको छ । यसैबीच काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क) का लागि चन्द्रदिप लामा (काजु) सहितको प्यानल घोषणा गरिएको छ । बुधबार बौद्द स्थित मण्डला होटेलमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एबम पुर्व मन्त्री सुश्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चन्द्रदिप लामा (काजु)को प्यानल निम्न रहेको छ।
प्रदेश सभापतिः चन्द्रदिप लामा (काजु)
प्रदेश उपसभापतिः बच्चुराम चौलागाई
प्रदेश उपसभापतिः दिवाकर पुडासैनी
प्रदेश सचिवः अजिप लामा
प्रदेश सचिवः रामबाबु सापकोटा
प्रदेश सहसचिवः पेशल कुमार पहाडी
प्रदेश सहसचिवः प्रमिला भण्डारी रहेका छन।
कार्यक्रममा महासमिति सदस्य बिमल ठकुरी, पुर्व क्षत्रीय सभापति परशुराम पोखरेल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा अध्यक्ष मनोज कुमार ढुंगाना, काठमाडौं महानगरपालिका वडानं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एबम पुर्व मन्त्री सुश्री अम्बिका बस्नेत लगायतले टिमलाई बधाई संगै जितको शुभकामना दिएका थिए ।