काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिका लागि २१ जनाको उम्मेद्वारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिका लागि २१ जनाको उम्मेद्वारी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिका लागि २१ जनाको उम्मेद्वारी परेको छ। आज कार्तिक २६ गते बेलुका ५ बजे सम्म उम्मेद्वारी दर्ता गर्न निर्वाचन समितिले दिएको म्याद सकिदा सम्म २१ जनाले क्षेत्रीय कार्यालय चाबहिल पुगेर आफ्नो नाम दर्ता गराएका हुन्।

भोलि कार्तिक २७ गते हुने गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्कमा बिहान ११ बजे देखि शुरु हुने प्रतिनिधि छनौट प्रक्रियाको पहिलो चरणमा उम्मेद्वारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत  भरत कार्कीले जानकारी दिएका छन।

उम्मेद्वारी दर्ता पश्चात अव सबै दावीको अध्ययन पश्चात सहमतिको प्रयास ,दावी ,विरोध र फिर्ताको प्रक्रिया हुने जानकारी दिदै कार्कीले बाँकी प्रक्रिया भोलि सार्वजनिक हुने बताएका छन।

महाधिवेसन प्रतिनिधि छनौटको कार्यलाई व्यवस्थित बनाउनका लागि निर्वाचन समिति र स्वयंसेवक परिचालन समिति गठन गरिएको बताउदै उनले निम्न उम्मेदवारहरुले प्रतिनिधिमा दावी गरेको जानकारी दिएका छन।

को को छन दावेदार ? ( दर्ता क्रम शंख्याका आधारमा )

१. धुर्व भट्टराई

२. रामप्रसाद चौलागाई

३.अन्जु शर्मा घिमिरे

४.प्यारी कुमारी शर्मा ( कन्चन बास्तोला )

५. पुन्यराज पुडासैनी

६.राजु अधिकारी

७. रबिन्द्र थापा

८.रमादेवी राई

९.बिन्दा कुमारी गौतम

१०. नवराज भट्टराई

११.विदुर विक्रम  खड्का

१२.सरस्वती कार्की

१३.श्री कृष्ण श्रेष्ठ

१४.टिका प्रसाद पराजुली

१५.गोबिन्द पन्त

१६.लक्ष्मी प्रसाद संग्रौला

१७.सरिता निरौला

१८.निर्मल कुइकेल

१९.निर्मल देउला

२०. तेज प्रसाद ढकाल

२१ . बिनय श्रेष्ठ

को को छन निर्वाचन समितिमा ? 

काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधी छनौटलाई व्यवस्थित र प्रक्रियागत रुपमा सम्पन्न गर्नका लागि जिल्ला कमिटी सदस्य भरत कार्कीको संयोजकत्वनमा बनाइएको निर्वाचन समितिमा बिनोद रिमाल ,मधु अधिकारी ,देवी रेग्मी र कृष्ण प्रसाद पौडेल सदस्य रहेका छन। त्यस्तै निर्वाचन समितिलाई पुष्प भट्टराई र दिपेन्द्र पुडासैनीले सहयोग गरेका छन।

त्यस्तै सो प्रतिनिधि छनौटलाई व्यवस्थित गर्नका लागि  नेकपा एमाले बुढानिलकण्ठ वडा नं १३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठको संयोजकत्वमा १२ वटै शाखा अध्यक्ष रहेको स्वयंसेवक समिति पनि परिचालित गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।