काठमाण्डौ क्षेत्र नं ३ प्रदेस (क) को सभापतिमा श्रीराम चालिसेको उम्मेदवारी घोषणा
कपन अनलाइन
काठमाण्डौ,कार्तिक २४।
नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि श्रीराम चालिसेले काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) को सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।
सोमबार जोरपाटीमा भएको नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ प्रदेश (क ) को भेलामा उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
इकाई सभापति, इकाई कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरु संगको छलफल र सल्लाहा पश्चात उम्मेदवारी घोषणा गरेको बताउदै उनले सहयोगको लागि आग्रह समेत गरेका छन।
नेपाल बिधार्थी संघ बाट २०४६ सालमा साधारण सदस्य बाट सुरु गरेका चालिसे हाल काठमाडौँ क्षेत्र नं ३ बाट नेपाल तरुण दलको निर्बाचित महाधिबेशन प्रतिनिधि रहेका छन् ।
राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका चालिसेले देश भरि करिब २०० भन्दा बढी व्यक्तिहरुलाई ह्विल चियर वितरण , विभिन्न बिद्यालयमा बिधार्थिहरुलाई झोला सहितको पाठ्य सामग्री वितरण गरेको, निजि श्रोत परिचालन गरि धेरै खेलकुद क्लबहरुलाई जर्शी लगायतका खेलकुद सामग्री सहयोगको अभियान संचालन गर्दै आरक छन ।फोटो सौजन्य : गोकर्णेश्वर खबर