नेपाली कांग्रेस टोखा वडा नं २ इकाई समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १७/ नविना श्रेष्ठ
नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ इकाइले शुभकामना आदान-प्रदानमा क्रियाशील सदस्यहरुलाई धन्यवाद तथा प्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार टोखा नगरपालिकाको तलेजु मन्दिर परिषद (वाखल) मा आयोजित एक कार्यक्रम सम्पर्ण भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका जिल्ला सभापति सभुत कृष्ण बानिया रहेका थिए। भने विशेष अतिथीको रुपमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ५ का सभापति रमेश कुमार खड्का रहेका थिए ।
त्यस्तै अतिथिमा प्रदेश सभाका सभासत भिमसेन खत्री, र महिला क्षेत्रका सभासद भवानी केसी रहेका थिए। टोखा नगरपालिका वडा नं २ इकाइका सभापति हेराकाजी महर्जन डंगोल को सभापतिमा कार्यक्रम सञ्चालन गरेको थियो। शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका महासमितिका सदस्यहरु, अधिवेशनका प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, वडाका वडा सभापतिहरु, वडाका वडा अध्यक्षहरु, विभिन्न तह उपत्यकामा रहेका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाली काँग्रेस टोखा नगरपालिका वडा २ का इकाई सभापति हेराकाजी महर्जन डंगोल को अध्यक्षता सम्पन्न कार्यक्रम संचालन इकाई सचिव निरञ्जन श्रेष्ठले गरेका थिए। राष्ट्रिय गान सँगै सुरु भएको कार्यक्रममा 2 मिनेट मोन धारण गरी इकाई सभापति हेराकाजी महर्जन डंगोलले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति सबुत कृष्ण बानियाले आउँदै गरेका चाड पर्वहरूको शुभकामना व्यक्त गरेका थिए। उनले नेपाली कांग्रेसमा सहमति सहकार्य र एकता हुनुपर्ने बताए। कार्यक्रमका विशिष्ट अतिथि काठमाडौ क्षेत्र नं ५ का सभापति रमेश कुमार खड्का, टोखा नगरका सभापति ओम कृष्ण विमली, टोखा वडा नं २का वडा अध्यक्ष दीपक राज जोशी, मनिष जोशी बेलायती शुभकामना दिएका थिए।