बुढानिलकण्ठ नगरपालिकामा दुई स्थानमा खाना पकाउने ग्यास पड्किएर दुर्घटना
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १७।
बुढानिलकण्ठ नगरपालिकामा दुई स्थानमा खाना पकाउने ग्यास पड्किएर दुर्घटना भएको छ । मङ्गलबार साँझ करिव ७ः४० बजेको समयमा बूढानीलकण्ठ नगरपालिका वडा नं ७ हातिगौँडामा ग्याँस सिलिण्डर पड्किएको छ।
सो वडामा रामभक्त अधिकारिको घरमा बस्दै आएका दुई कामदारहरु महम्मद कमाल र महम्मद मन्जुरको कोठामा खाना बनाउने ग्याँस सिलिन्डर पड्किएर आगो लागेको थियो। उक्त आगलागिबाट अन्य सामाग्रिहरुको क्षति भएतापनि मानवीय क्षेति नरहेको जनाइएको छ।
उक्त आगो निभाउनका लागि काठमाण्डौं महानगरबाट दुईवटा दमकल खबर गरिएको करिव १० मिनेटमानै आई आगो नियन्त्रणमा लिइएको जनाइएको छ।
उक्त आगोलागीबाट सो दुई व्यक्तिहरुले प्रयोग गर्दै आएको डस्ना, सिरक, भाँडाहरु ,दैनिक उपभोग्य सामाग्रीहरु गरि आँदाजी ३५ देखि ४० हजार सम्मको क्षति भएक छ।
त्यस्तैकार्तिक १५ गते सोमबार साँझ करिव ५ देखि ६ बजे बिचको समयमा बुढानीलकण्ठ नगरपालिका वडा नं ३ चपलीमा दिनभर ग्याँस खुल्ला रहँदा र व्यवस्थित वायुसंचर नहुँदा मानविय साथै धनजनमा क्षति हुन गएको छ।
एकै परिवारका आमा (अन्दाजी ३० वर्ष), दुई छोरी (१२ र ६ वर्ष) र छोरा (२ वर्ष) को गरि चारजनालाई अनुसार, हात, पेट लगायत गरि शरिरका विभिन्न ठाउँ जलेको र ती चारैजना कीर्तिपूर अस्पतालमा उपचाररत रहेका छन्। फोटो सौजन्य : बिएसजी न्युज