बुढानिलकण्ठका केहि आशालाग्दा युवाहरुले राजनीतिक मृत्युबरण गरे : दीपक निरौला

बुढानिलकण्ठका केहि आशालाग्दा युवाहरुले राजनीतिक मृत्युबरण गरे : दीपक निरौला

कपन अनलाइन
काठमाडौं, कात्तिक १६।

नेकपा एमाले बागमती प्रदेस संसदीय दलका प्रमुख सचेतक तथा काठमाण्डौ जिल्ला कमिटीका सचिव दीपक निरौलाले बुढानिलकण्ठका केहि आशालाग्दा युवाहरुले राजनीतिक मृत्युबरण गरेको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले प्रवेस गर्ने दर्जनौ युवाहरुलाई स्वागत गर्दै नेकपा एमाले चोइटिएको अवस्थामा नगरपालिकाका केहि युवाहरुले बाटो विराएर नेकपा एमालेको यात्रा छोडेकोमा दुख ब्यक्त गर्दै निरौलाले राम्रो राजनीतिक भविष्य भएका उनीहरुले राजनीतिक मृत्यु बरण गरेकोमा दुख व्यक्त गरेका छन।

सो अवसरमा नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका युवाहरुलाई संकेत गर्दै निरौलाले नेपालको राजनीतिक आन्दोलनको मूलधार नेकपा एमाले नै रहेको भन्दै आफ्नो उज्वल राजनीतिक भविष्यलाई अन्धकारमा नधकेल्न समेत आग्रह गरेका थिए।

भर्खरै नगर र वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै  नेकपा एमाले बुढानिलकण्ठ नया उर्जा र जोशमा आएको भन्दै सचिव निरौलाले युवाहरुलाई प्राथमिकतामा राखेर सक्रिय जिम्मेवारी र भूमिका दिने प्रतिवदत्ता जनाउदै अवको सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित हुनुपर्ने बताएका थिए।

तपाइँको प्रतिक्रिया ।