वि पी संग्रहालय समिति गोकर्णेश्वर १ को शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रम सम्पन्न

वि पी संग्रहालय समिति गोकर्णेश्वर १ को शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, कात्तिक १६। वी पी संग्रहालय समिति गोकर्णेश्वर १ ले  शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। सोमबार वी पी संग्रहालय परिसर सुन्दरीजलमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ का सबै वडाका निर्बाचित इकाई सभापति एवं निबर्तमान सभापति,सह सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुको साथै  समाजमा उल्लेखनीय योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मान पत्र द्वारा सम्मान गरिएको हो।कार्यक्रम संचालन वी पी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले गरेका थिए । उनले बिपी संग्राहलयलाइ संग्राहलयको स्वरुप दिन गर्नु परेको योगदान मेहनतको बारेमा समेत चर्चा गरेका थिए उनले बिपी संग्राहलयलाइ आज कि दिन सम्म यहाँ सम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै  वी पी बिचारलाई मार्ग दर्शनका रूपमा ग्रहण गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय कोषाध्यक्ष किरण केसी,नेपाली काङ्ग्रेस इकाई ८ का पुर्व सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश ख संयोजक श्री कृष्णथापा,  नेपाल महिला संघ केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि लता घिमिरे , नेपाली कांग्रेस क्षेत्र नं ३ का युवा नेता शम्भु अधिकारी,  नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं २ का इकाई सभापति दिपेन्द्र लामा,पुर्व इकाई सभापति बुद्दी बहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राख्दै बिपीले गरेका योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अम्बिका बस्नेतले आयोजकलाइ धन्यवाद दिदै आउदै गरेका दिपावली, नेपाल संवत,छठ लगायतको चाडपर्वहरुको शुभकामना ब्यक्त गरेकी थिइन। उनले १४ औं महाधिवेशनको कारण देश नै कांग्रेसमय भएको बताइन। उनले यो उत्साह उर्जा सदैब कायम हुनुपर्नेमा जोड दिएकी थिइन ।

कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने र अभ्यास गर्ने नेपालको सबैभन्दा प्रभावशाली पार्टीभएको उल्लेख गर्दै  बीपी, गणेशमान र किसुनजीको राजनीतिक संस्कार, शान्ति प्रकृयामा गिरिजाबाबुको नेतृत्वदायी भूमिका, संविधान निर्माणमा सुशिल कोइरालाको योगदानका बारेमा आज पनि कांग्रेसजनले गौरवका साथ नेतृत्वको सम्झना गर्ने गरेको बताइन। उनले गुट उपगुट नभनी आगामी निर्वाचनमा नेपाली कांग्रेसलाइ बिजयी गराउन एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिएकी  थिइन  ।

 

तपाइँको प्रतिक्रिया ।