नेपाली कांग्रेस बुढानिलकण्ठ ११ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, कात्तिक १५ ।नेपाली कांग्रेस बुढानिलकण्ठ ११ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। कपन बंगलामुखी मन्दिर परिसरमा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतक राधा घले, प्रदेश सभा सदस्य नरोत्तम बैद्य,नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि साधुराम खड्का, महासमिति सदस्य आत्मराम पौडेल,नेपाली कांग्रेस क्षेत्र नं ४ का क्षत्रीय सचिब बिनोद चालिसे, नगर सभापति राजाराम बुढाथोकी लगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
औपचारिक रुपमा बोल्ने कार्यक्रम नराखिएको उक्त कार्यक्रममा उपस्थित ब्यक्तिहरुले चिया पिउदै एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए। बिहान ८ बजे देखि शुरु भएको उक्त कार्यक्रम करिब १० बजे सम्म चलेको थियो। बोल्ने कार्यक्रम नराखिएको उक्त कार्यक्रमलाइ शुभकामना आदानप्रदान र भेटघाटमा नै रमाउने हिसाबले तयार पारेको इकाई सभापति राधेश्याम कार्कीले जानकारी दिएका छन। साथै छोटो समयको तयारीका बाबुजुत पनि उल्लेख्य रुपमा सहभागीता जनाउने सबैलाइ इकाइको तर्फ बाट धन्यवाद दिएका छन।