बुढानिलकण्ठ-१० साततलेमा ठुलो परिणाममा विस्फोटक पदार्थ ( पटका ) भेटियो,दुई जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० साततले स्थित सडकखण्डमा २८ केजी विस्फोटक पदार्थ ( पटका ) भेटिएको छ। कार्तिक १४ गते अन्दाजी ४ बजेर १५ मिनेट जादा प्राप्त गोप्य सूचनाका आधारमा परिचालन भएको कपन प्रहरी प्रभागको टोलीले सो पदार्थ फेला पारेको हो।
कपन प्रहरीले सर्लाही बरथुवा नगरपालिका वडा नं९ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं५ जोरपाटी बस्ने बर्ष २० को पप्पु कुमार चौधरी र मलङवा न.पा. वडा नं१ स्थाई घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.०५ नयाँबस्ती बस्ने बर्ष २५ को प्रबिन शाहलाई उक्त विस्फोटक पदार्थ ( पटका ) सहित पक्राउ गरेको छ ।
बिभिन्न कम्पनिका २८ किलो नियन्त्रित पटका (बिष्पोटक पदार्थ) सहित फेला परेका उनिहरुलाई बिष्पोटक पदार्थ कसुर अन्तर्गत अनुसन्धान कार्य सुरु भएको प्रहरीले जानकारी दिएको छ ।