नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीले देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं कात्तिक १५। नेपाल कम्युनिष्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटिले देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । २०७८ साल कार्तिक १८ गते बिहिबार  दिउसो  ११ बजे देखि देखि साँझ ५ बजे सम्म  गोकर्णेश्वर  बैंकेट अत्तरखेलमा  नेपालीहरुको सांस्कृतिक पर्व जगेर्ना र उत्थान गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको छ ।

नेपालीहरुको चाडपर्वलाई सामाजिक सदभाव र भाइचारा बढाउने अवसरको रुपमा देउसी भैलो खेलेर एक आपसमा शुभकामना आदानप्रदानका साथै सामाजिक सदभाव कायम गरि सस्कृति जगेर्ना गर्ने उदेश्य सहित आयोजित सो कार्यक्रममा सहभागी हुनको लागि नेकपा एमाले गोकर्णेश्वर नगरकमिटीका अध्यक्ष उद्दब बिष्टले अनुरोध गरेका छन्।

तपाइँको प्रतिक्रिया ।