नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटीको शुभकामना आदानप्रदान तथा कार्यालय उदघाटन कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,कात्तिक १४। नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटीको शुभकामना आदानप्रदान तथा कार्यालय उदघाटन कार्यक्रम सम्पन्न भएको छ। शनिबार शंखरापुर नगरपालिकाको साँखु स्थित भक्ती बेम्बो कटेजमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा (एकीकृत समाजबादीका) पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मेटमणी चौधरी रहेका थिए। साँखुस्थित, महादेबस्थानमा स्थापित नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटीको कार्यलयको उद्घाटन गर्दै नेकपा (एकीकृत समाजबादीका) पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मेटमणी चौधरीले आगामी निर्वाचनमा आफुहरुको पार्टी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने बताएका छन् । पार्टी स्थापनाको २ महिनाभित्र ७५३ वटै स्थानीय तह र वडाहरुमा बिशाल संगठन संरचना निर्माण गरिसकेको बताउँदै नेता चौधरीले समाजवादी पार्टी नै देशलाई चलाउन सक्ने अनुशासित पार्टी भएको दावी पनि गरे ।उनले आगामी निर्वाचनमा केपी ओलीलाई नै हराएर देखाउने घोषणा पनि गरे ।
ओलीको पार्टीले फेरि जनतासंग भोट माग्ने नैतिकता गुमाईसकेको उनको भनाई थियो । नेता चौधरीले आगामी निर्वाचनपछि केपी ओलीको हातल नोकिया मोबाइल जस्तै हुने ठोकुवा पनि गरे । एकिकृत समाजवादीले शंखरापुर नगर कमिटी गठन गर्न आयोजीत कार्यक्रममा उनले नयाँ पार्टीले जनमत पाउँदैन भन्नेहरुलाई २०६४ साल तर्फ फर्कन अनुरोध पनि गरे ।सोही कार्यक्रममा एकिकृत समाजवादीले युवा संघ नेपालको शंखरापुर नगर कमिटी पनि गठन गरेको छ । पार्टीले श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको उक्त कार्यक्रममा नगरका ९ वटै वडामा वडा कमिटी पनि निर्माण गरिएको थियो । कार्यक्रम अघि युवाहरुले मोटरसाइकल र्याली समेत निकालेका थिए ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष, केन्द्रिय परिषद सदस्य तथा बागमति प्रदेश कमिटी सदस्य युवा नेता नितेश पौडेल, केन्द्रिय परिषद सदस्य भरत फुयाल,नेकपा एकीकृत समाजबादी बागमती प्रदेश कमिटी सदस्यहरु शम्भु प्रसाद दुलाल, शुक्रलक्ष्मी श्रेष्ठ, कर्ण बहादुर कार्की, रुपेशलाल श्रेष्ठ, सुर्जनारायण श्रेष्ठ, तथा नेकपा (एकीकृत समाजबादी) काठमाडौं जिल्ला कमिटी उपसचिव एल. पि श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरु, रत्न लामा, सुकुमान स्याङ्बो, सुर्यमान तामाङ, प्रबिण वाईबा(गणेश) घनश्याम थापा, दल बहादुर तामाङ, बासुदेब दंगाल,शिव प्रसाद दंगाल,मिना पाण्डे( दंगाल),बबिन श्रेष्ठ, जनकलाल श्रेष्ठ, काठमाडौ जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं २ का इन्चार्ज रुद्र प्रसाद चापाँगाई, जिल्ला कमिटी सदस्य तथा कागेश्वोरी नगर इन्चार्ज डा. रमेश ढकाल, क्षेत्रीय कमिटी सदस्यहरु धर्म राज कार्की, उदय बहादुर कार्की,दिल कुमार घ्लान, युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्यहरु गोपाल ढकाल, बालकृष्ण सिं, सुबाश आचार्य, नवराज गुरुङ तथा अनेमसंघ प्रदेश कमिटी सचिव पार्बती मानन्धर लगायतको उपस्थित थियो।