गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं ,कात्तिक १४।  गोकर्णेश्वर नगरपालिकाले  वडा नं ३ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक बर्ष २०७८/७९को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं  ३  को कार्यालय भवन  सुन्ताखान संचालन भएको उक्त स्वास्थ्य शिबिरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य  नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय वडा सदस्यहरु स्वास्थ्यकर्मीहरु सहित  स्थानीयको उपस्थिति रहेको थियो ।

बिहान ११ बजे बाट शुरु भएको उक्त शिबिरमा स्त्रीरोग, नाक ,कान घांटी ,जनरल मेडिसिन सेवा सहितको नि:शुल्क सेवा प्रदान गर्नुको साथै स्वास्थ्य सम्बन्धी परामर्श सहित निशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरमा  ९७  जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।  नगरपालिकाले बिभिन्न वडामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।