अनुमति : रन्जना पराजुली लम्साल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १३ ।
‘आमा, ममिले फोन गर्नु भएको थियो । बुवा बिरामी भएर भाउजु हिजै माइत गई एक्लै भए आइज न भन्दै हुनुहुन्थ्यो । तिज पनि आयो के गरु आमा ?’
सधैं साल दर खाने दिन गएर पञचमीको भोलि पल्ट फर्किने देवरानी मन्जु यसपाली नौ – दश दिन अघि नै माइत जान्छु भन्दा जेठानी सुनितालाई झनक्क रिस नउठेको होइन तर सासु हुदाँहुदैँ बाठि हुनु भएन भन्दै चुप लागिन ।
नन्द आमाजु नभएको घर । दुबैका श्रीमान् बिदेश । जेठानी सुनिताका दुइ कलेज पढ्ने छोरा भने देवरानी मन्जुका स–साना दुइटा नानि र बाबु । ससुरा बितेपछि घरकि मुलि सासु असाध्य कडा भएपनि कान्छो छोरा प्यारो भएकोले कान्छि बुहारी पनि प्यारि थिइन ।
मन्जुको कुरो सुनेपनि सासु बत्ति कात्दै थिइन आफ्नै सुरमा । सानैमा आमा बितेर सौतेनी आमाको टोकस्याइमा हुर्किएकि सुनितालाइ माइतिमा तिज कहिले आएन । मन्जु भने बिहे भएदेखि तिजमा माइत नगएको सालै थिएन । सासुको मुखबाट आउने उत्तरको प्रतिक्षामा मन्जु भित्र बाहिर गर्दै थिइन भने सुनिता भान्सामा धान धान –धुन धुन गर्दै थिइन ।
‘एैया बसेपछि उठ्नै गा¥हो, यो घुँडो दुखेर पनि हैरान भइ सके । कान्छि, जाउन त भाउजु गएपछि आमा एक्लै भएर न्यास्रो लागेको होला । आमा हुन्ज्याल त हो नि माइती ले बोलाउने र चेलि माइत जाने । ‘जेठि बुहारी सुनितातिर पुलुक्क हेर्दै सासुले अनुमति दिइन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक