नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन मङ्सिर ३-४ गते हुने
कपन अनलाइन
काठमाडौँ,कात्तिक १२। नेपाल परिवार दलको केन्द्रिय तेश्रो राष्ट्रिय महाधिवेशन मङ्सिर ३ -४ गते हुने भएको छ।केन्द्रिय कार्यसमितिको बैठकले सो मितिमा तेश्रो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।दलका अध्यक्ष एकनाथ ढकालले विधान संशोधनको सिफारिश गर्न अधिवक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोभिन्द नाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरिएको छ।
त्यसैगरी महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न सिफारिश समिति पनि गठन गरेको दलका प्रवक्ता सन्तोष पौडेलले बताए।५० हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा सशरीर वा अनलाइनको माध्ययमबाट सहभागी जनाउने महामन्त्री डाँगीले जानकारी दिए।