नेपाल कम्युनिष्ट पार्टी एमाले शंखरापुर नगर कमिटीको अध्यक्षमा रामकुमार तिवारी
कपन अनलाइन
काठमाडौं कात्तिक ११ ।नेपाल कम्युनिष्ट पार्टी एमाले शंखरापुर नगरकमिटीको अध्यक्षमा रामकुमार तिवारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।मंगलबार साँखुको भक्ति ब्याम्बो कटेजमा नगर अधिबेसन बाट नेकपा एमाले शंखरापुर नगरकमिटीको उपाध्यक्षमा नवराज दाहालनिर्वाचित भएका छन भने सचिबमा हितमान तामाङ निर्वाचित भएका छन ।
प्रेम प्रकाश प्रजापति र लक्ष्मी के.सी उप सचिवमा निर्वाचित गरेको सो अधिवेसनले ७२ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो।
तपाइँको प्रतिक्रिया ।