गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर हुने

कपन अनलाइन

काठमाडौँ,कात्तिक ८ ।गोकर्णेश्वर नगरपालिकाले  वडा नं ३  मा नि:शुल्क स्वास्थ्य शिविर  आयोजना गर्ने भएको  छ। २०७८ साल कात्तिक १२   गते शुक्रबार बिहान ११ बजे देखि  गोकर्णेश्वर नगरपालिका वडा नं ३ को   को कार्यालय भवन सुन्ताखानमा स्वास्थ्य शिबिर आयोजना गर्न लागिएको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले ले सार्वजनिक सुचना मार्फत  जानकारी गराएका  छन ।

 

उनले जारि गरेको सुचनामा  गोकर्णेश्वर नगरपालिकाको आर्थिक बर्ष २०७८/७९को स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्त्रीरोग, नाक ,कान घांटी ,जनरल मेडिसिन सेवा सहितको नि:शुल्क स्वास्थ्य शिबिर  संचालन हुने भएकोले सम्बन्धित सबैलाई स्वास्थ्य परिक्षण  गर्न अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।