गोकर्णेश्वर नगरपालिका ४ उत्तरबाहिनी चोकमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर हुने
कपन अनलाइन
काठमाडौँ,कात्तिक ७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। २०७८ साल कात्तिक १३ गते शनिबार बिहान ११ बजे देखि गोकर्णेश्वर ४ उत्तरबाहिनि चोकमा स्वास्थ्य शिबिर आयोजना गर्न लागिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले सार्वजनिक सुचना मार्फत जानकारी गराएका छन ।
उनले जारि गरेको सुचनामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक बर्ष २०७८/७९को स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्त्रीरोग, नाक ,कान घांटी ,जनरल मेडिसिन सेवा सहितको नि:शुल्क स्वास्थ्य शिबिर संचालन हुने भएकोले सम्बन्धित सबैलाई स्वास्थ्य परिक्षण गर्न अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।